सर्वोच्चको फैसलाद्वारा राजनीतिक अस्थिरताको दुन्दुभि बजाइयो : एमाले महासचिव पोखरेल
काठमाडौँ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतद्वारा मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभि बजाइएको टिप्पणी गरेका छन्।
महासचिव पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनेहरूलाई यसको मतियार भनेका छन्।
उनले चेतावनी भाषामा भनेका छन्,‘बुझे हुन्छ, आजको फैसलाद्वारा मुलुकमा राजनीतिक अस्थिरताको दुन्दुभि बजाइयो।’
उनले यसका मतियारहरूले जे सुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनै पर्छ भनेका छन्।
असार २८, २०७८ सोमबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।