वीरको सर्जिकल भवन उद्घाटन, सय शय्याको आइसियु सञ्चालनमा
नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२१ सम्ममा नेपालमा कोरोना विरुद्धको खोप लगाइसक्ने प्रयास रहेको बताएका छन्।
‘लगभग यस वर्षको अन्त्यसम्मा मोटामोटी खोप लगाइसक्ने गरी प्रयास गरेका छौं। अब खोपको अभावबाट तड्पिनुपर्ने अवस्था आउँदैन,’ उनले भने।
साथै उनले खोपको अभाव हुन नदिने प्रयास भइरहेकोसमेत बताए। खोप निरन्तर ल्याएर ठूलो संख्यामा खोप लगाउनका लागि नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास भइरहेको उनको भनाइ छ।
उनले सेवा र मानवीय भावनाले प्रेरित भएर काम गर्न चिकित्सकलाई अनुरोधसमेत गरे। प्रधानमन्त्री ओलीले भने, ‘जनताको जीवन रक्षा पहिलो कर्तव्य हो।’
युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. नवीन पोख्रेलले आइतबारबाट नै सर्जिकल भवनमा सय शय्याको आइसियु सञ्चालन भएको बताए।
त्यसैगरी लिक्विड अक्सिजन ट्यांक र अक्सिजन प्लान्ट पनि सुचारु भएको उनले जानकारी दिए। सर्जिकल भवन पाँच सय शय्या क्षमताको हो।
असार २७, २०७८ आइतबार २३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।