सर्वोच्चको रिटले अड्कायो एमाले एकता, बिहान ८ मा आउने 'खुसी' बेलुकासम्म नि आएन

सर्वोच्चको रिटले अड्कायो एमाले एकता, बिहान ८ मा आउने 'खुसी' बेलुकासम्म नि आएन

नेम्वाङले एमालेमा चलेको विवाद समाधान गर्न बनेको कार्यदलको सफलतालाई खुसीसँग जोडेका थिए। सबै विषयमा सहमति भइसकेको र आइतबार बिहान सहमति सार्वजनिक गरिने उनको आशय थियो।
उनको दाबीलाई माधव नेपाल समूहबाट कार्यदलमा रहेका नेता गोकर्ण विष्टले नि सहमति जनाएका थिए। तर आइतबार दिनभर छलफल चल्दा पनि कार्यदल सहमतिमा पुग्न सकेन।
जानकार स्रोतका अनुसार संसद् विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन रिटबारे सहमति पत्रमा के लेख्ने भन्नेमा दुवै पक्षबिच सहमति हुन सकेन।
हस्ताक्षर फिर्ताको सर्तमा अडिग रहेका केपी ओली पक्ष त्यसबाट पछाडि फर्किन तयार भए पनि पार्टीको भावना समेट्ने गरी समाधान गर्ने उल्लेख गर्न अडिग हुँदा नेपाल पक्ष सहमत भएन।
नेपाल पक्ष अदालतको विचाराधीन विषयमा प्रभाव पार्ने कुनै गतिविधि नगर्ने, जे फैसला आउँछ त्यसलाई स्वीकार गर्दै अगाडि बढ्ने पक्षमा छ।
कार्यदल यही विषयमा अड्कँदा घनश्याम भुसालले नेपाललाई भेटेर अर्थ मन्त्रालयमा बसिरहेको कार्यदलको बैठकमा गएका थिए। कार्यदल बैठक चलिरहँदा ओली समूहका नेता विष्णु पौडेल बैठकबाट बाहिरिएर फर्किए। कार्यदल बसिरहेको छ। 

असार २७, २०७८ आइतबार २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।