आयोगको निर्णयविरुद्ध सर्वोच्च जान्छौं : रायमाझी
निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)लाई वैधानिकता दिने निर्णय गरेपछि उकेरासँग कुरा गर्दै नेता रायमाझीले उक्त निर्णयविरुद्ध सर्वाेच्च जाने बताएका हुन्। उनले अरु नेतासँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।
‘अब हामी सल्लाह गरेर अगाडि बढ्छौं। सल्लाह गरेर सर्वोच्चमा जानेबारे निर्णय गर्छाैं,’ उनले भने, ‘आयोगको निर्णयबारे अध्ययन गर्न पाएको छैन। यसलाई हेरेर थप प्रक्रियाबारे निर्णय गर्नेछौँ।’
उनले आयोगको निर्णय अस्वभाविक भएको प्रतिक्रिया दिए।
आयोगको आज बसेको बैठकले माओवादी केन्द्र खारेजीको निवेदनमाथि केही गर्न नपर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्र अवैधानिक रहेको भन्दै दल दर्ता खारेजीको माग गर्दै माओवादी केन्द्र छाडेका एमाले नेताले यही असार २३ गते अधिवक्ता सरोज बुढाथोकीमार्फत आयोगमा निवेदन दिएका थिए।
असार २७, २०७८ आइतबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।