थप १८३१ जनामा कोरोना संक्रमण, २० को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार २ सय ३७ र एन्टिजेन विधिबाट ५ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ५ हजार ५ सय ३५ र एन्टिजेन विधिबाट ३ हजार ६ सय ८३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप २० जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९४.६ प्रतिशत छ।
असार २७, २०७८ आइतबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।