स्याङ्जाको कालीगण्डकी गाउँपालिका र गोरखाको बारपाकमा कोरोनाको नयाँ भेरियन्ट
काठमाडौँ : स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको २ पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँ पालिकाको तीन जना महिलाको स्वाब परीक्षणमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ।
स्याङ्जामा १४ र ६० वर्षका दुई जनाको नमुना परीक्षण गरिएको र गोरखामा ७०, ३३ र ४० उमेरका तीन जनाको नमुना परीक्षण भएको थियो। यी पाँचै जनाको नमुना जे७ ३१ गते परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकोमा नयाँ भेरियन्ट पुष्टि भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
यो पहिलो अल्फा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको र सङ्क्रमण दर समेत उच्च रहेको बताइएको छ। दुई दिन अगाडि नुवाकोटको त्रिशूली अस्पतालको नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको थियो।
असार २७, २०७८ आइतबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।