फुटपाथमा हिडिरहेकाको तलासी लिँदा फेला पर्‍यो अमेरिकी पेस्तोल

फुटपाथमा हिडिरहेकाको तलासी लिँदा फेला पर्‍यो अमेरिकी पेस्तोल

काठमाडौँ : प्रहरीले काठमाडौँको कात्यायनी चोकमा मेड इन यूएसए लेखेको पेस्तोलसहित धनुषाका प्रकाश महतोलाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ कात्यायनी चोकमा हतियार खरिद बिक्री गर्न हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सडकमा हिँडिरहेको अवस्थामा महतोलाई नियन्त्रणमा लिएर लतासी लिँदा पेस्तोल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले दाबी गरेको छ।

परिसरले जारी गरेको विज्ञप्तिमा' महानगरीय प्रहरी कार्यालय रानिपोखरी र वृत्त बानेश्वर टोलि परिचालन गरी खोजतलास गर्ने क्रममा कात्यायनी चोकको फुटपाथ शङ्कास्पद गतिविधि गरी हिँडिरहेको अवस्थामा फेला पारी  चेकजाँच गर्दा  दाङ्या हातमा बोकेको प्लास्टिक झोला भित्र गम्छा र रुमालले बेरेर लुकाई छिपाई राखेको अवस्थामा Made in USA लेखेको म्यागेजिन सहितको पेस्तोल १ थान फेला परेको।'

परिसरका अनुसार धनुषा विधाननगरका महतो काठमाडौँमा बशुन्धारामा बस्दै आएका छन्। उनलाई अनुसन्धानको लागी  जिल्ला अदालत काठमाडौँमा पेस गर्दा अनुसन्धानका लागि सात दिन म्याद आएको छ।

असार २७, २०७८ आइतबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।