६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशका ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा आज मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।
आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा र राति प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण पहिरो, भुक्षयसँगै नदीनालामा पानीको बहाब बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
असार २७, २०७८ आइतबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।