प्रहरीको एआइजी सरुवा : महानगरीय प्रहरीमा आए कार्की, पाल हटाइए
काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआइजीको सरुवा गरेको छ। बैठकले समय नै नपुगी महानगरीय प्रहरी कार्यालयका प्रमुखसहितको सरुवा गरेको हो।
महानगरीय कार्यालयका एआइजी हरिबहादुर पाललाई कार्य विभागमा पठाइएको छ। उनको स्थानमा एआइजी प्रद्युम्न कार्की आएका छन्। उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा थिए।
अपराध अनुसन्धानका एआइजी विश्वराज पोखरेल प्रतिष्ठानमा गएका छन्।
बिहीबार बढुवा भएका सहकुल बहादुर थापाको मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा सरुवा भएको छ। प्रशासन विभागका निरज बहादुर शाहीको सरुवा अपराध अनुसन्धान विभागमा भएको छ।
असार २६, २०७८ शनिबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।