थप २१६९ जनामा कोरोना संक्रमण, १४३२ निको भए
काठमाडौं : देशभर थप २ हजार १ सय ६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ३ सय ५३ र एन्टिजेन विधिबाट ८ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ६ हजार ५ सय ३० र एन्टिजेन विधिबाट ३ हजार ८ सय ८७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप २२ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमण निको हुने दर ९४.५ प्रतिशत छ।
असार २६, २०७८ शनिबार १८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।