सोमबार अमेरिकाबाट १५ लाख डोज खोप आउने
काठमाडौं: कोभ्याक्स मार्फत अमेरिकाले नेपाललाई अनुदान दिने घोषणा गरेको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज कोरोना विरुद्धको खोप सोमबार काठमाडौँ आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्।
अमेरिकाले उपहार दिन लागेको सो खोप एक डोज मात्र लगाए पुग्ने बताइएको छ। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए। नेपाल आउन लागेको खोप सोही कार्यक्रम अन्तर्गतको हो।असार २६, २०७८ शनिबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।