कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको  मृत्यु भएको छ।

शनिबार कैलारी गाउँपालिका १ मा से १ त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना सोही ठाउँका ३५ वर्षीय अनीश कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।

असार २६, २०७८ शनिबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।