संयुक्त विद्यार्थी सङ्गठनले निःशुल्क शिक्षाको प्रतिबद्धतामा शीर्ष नेताहरूलाई हस्ताक्षर गराउने  

संयुक्त विद्यार्थी सङ्गठनले निःशुल्क शिक्षाको प्रतिबद्धतामा शीर्ष नेताहरूलाई हस्ताक्षर गराउने  

विपक्षी गठबन्धनको निर्देशनपछि सरकारविरुद्ध दैनिक आन्दोलन गर्दै आएका विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउन लगाउने भएका हनु।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाज बादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई सार्वजनिक कार्यक्रम आयोजना गरी सामूहिक हस्ताक्षर गराउने निर्णय गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।

संयुक्त विद्यार्थी सङ्गठनहरूको तर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूलाई हस्ताक्षर गराउने तिमल्सिनाले बताए। 

संयुक्त विद्यार्थी सङ्गठनको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ। 

असार २६, २०७८ शनिबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।