प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक जाँदै
असार १ गते आएको बाढी पहिरोले क्षति गरेको क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेका हुन्।
नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे १० बजे प्रधानमन्त्री ओली मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कुरा सुनेको तर, आफूलाई जानकारी भने नआएको बताए।
असार २६, २०७८ शनिबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।