कर्णालीका ५ जिल्लामा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने

कर्णालीका ५ जिल्लामा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने

कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाउन पाँच जिल्लामा ८ घण्टा विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत् अवरुद्ध हुने केन्द्रले सूचना मार्फत जानकारी दिएको हो। कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन आसपासमा प्राधिकरणले रुखका हाँगा हटाउँदै आएको छ।

असार २६, २०७८ शनिबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।