बागमती प्रदेशका केही स्थानमा भारी वर्षा 

बागमती प्रदेशका केही स्थानमा भारी वर्षा 

विभागले दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र बागमती प्रदेशको एक वा दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राती प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको विभागले मौसम बुलेटिनमा उल्लेख गरेको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

असार २५, २०७८ शुक्रबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।