मन्त्रिपरिषद् बैठक : सहकुल थापा एआइजीमा बढुवा, कृष्णहरि पुष्कर सचिव
मन्त्रीपरिषद्ले हालै नेपाल प्रहरीका एआइजीको दरबन्दी थप गरेको थियो। थप भएको दरबन्दीमा गृह सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले थापाको नाम सिफारिस गरेको थियो।
उनको नामप्रति कसैले उजुरी नगरेपछि सरकारलाई बढुवाको बाटो खुलेको थियो। यसै गरी सह–सचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवाको निर्णय गरेको छ।
असार २४, २०७८ बिहीबार २२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।