जेनीको फ्ल्याटमा फेला पर्‍यो 'सुसाइड नोट' :  'मेरो मृत्युमा कसैलाई दोष छैन' लेखिएको प्रहरी दाबी

जेनीको फ्ल्याटमा फेला पर्‍यो 'सुसाइड नोट' :  'मेरो मृत्युमा कसैलाई दोष छैन' लेखिएको प्रहरी दाबी

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाका अनुसार भान्छामा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनको अपार्टमेन्टमा प्रहरीले एक पत्र समेत फेला पारेको छ।

प्रहरीले त्यसलाई सुसाइड नोट भनेको छ। डिएसपी लामाले भने' मेरो मृत्युमा कसैको दोष छैन लेखिएको छ।' डेढ पेज लामो नोटमा उनले 'रोगका कारण आत्महत्या गरेको हुँ,कसैलाई दुख नदिनुहोला' लेखेको प्रहरीले जानकारी दिएको छ। 

सो नोट उनी आफैँले लेखेको हो या हैन परीक्षण पछि मात्र पुष्टि हुनेछ। फ्ल्याटमा रहेको उनको अन्य अक्षरसँग सुसाइड नोटको अक्षर भिडाएर हेर्ने प्रहरी निरिक्षक केशर न्यौपानेले जानकारी दिए। उनको मोवाइल समेत अनुसन्धानका लागि प्रहरीले लिएको छ।

निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ 'मैदान', 'जीवनदाता', 'कानुन', 'अभिमन्यु', 'विन्तिपत्र', 'मलाई माफ गरिदेऊ' लगायतका फिल्ममा अभिनय गरेकी थिइन्। पछिल्लो समय उनी सन्यासी भेष धारण गरेकी थिइन्। 

अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला

असार २४, २०७८ बिहीबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।