अभिनेत्री जेनी कुँवर अपार्टमेन्टमा मृत फेला
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतका अनुसार अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनी सनराइज सिटीको अपार्टमेन्टमा बस्दै आएकी थिइन्। अपार्टमेन्टको भान्छामा उनको शव फेला परेको हो। प्रहरीले उनले आत्महत्या गरेको आशंका गरेको छ। सुसाइड नोट समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।
निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्। पछिल्लो समय उनी सन्यासी बनेर पशुपति क्षेत्रमा जाने गरेकी थिइन्। उनी पटक-पटक विवादमा आइरहन्थिन्। समाजसेवामा समेत सक्रिय थिइन् उनी।
जेनिको फ्ल्याटमा फेला पर्यो 'सुसाइड नोट' : मेरो मृत्युमा कसैलाई दोष छैन
असार २४, २०७८ बिहीबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।