मानव तस्करीको नयाँ रुट : अब नेपालबाट भारत हुँदै कम्बोडिया लगेर विक्री
प्रहरीले धनकुटाका किसान राईलाई पक्राउ गरेपछि नयाँ रुट खुलेको हो।
बबरमहल (नाम परिवर्तन) प्रतिवादी मध्येका किसान राईले फेसबुकबाट चिनजान गरी कन्स्ट्रक्सन तथा व्यापारको काममा रोजगार हुने भन्दै चार लाख पचास हजार रुपैयाँ लिएर कम्बोडियामा पठाई दिन्छु भनेर एक महिलालाई कम्बोडिया पूर्याएको खुलेको छ।
मानव बेचबिखन ब्युरोका अनुसार राईले ती महिलालाई कम्बोडिया पुगे पछि खाने बस्ने खर्च बाहेक नेपाली एक लाख रुपैंया मासिक कमाई हुन्छ भन्दै सक्कली राहदानी, फोटो र चार लाख पचास हजार लिएका थिए।
उनले ती महिलालाई काठमाण्डौबाट काँकडभिट्टाको नाका हुँदै भारतको आसाम, नागाल्याण्ड, ग्वाटी, मनिपुर पूर्याएर त्यहाँबाट पैदल हिँडाएर भारत-म्यानमारको नाका हुँदै म्यानमार छिराएका थिए। म्यानबारबाट उनलाई थाइल्यान्ड छिराएर कम्बोडिया पुर्याएका थिए।
कम्बोडियामा चिनिया नागरिक बस्ने घरमा काम गर्नुपर्ने भन्दै उनले ती महिलालाई कम्बोडिया पूर्याएर यौन दासी बनाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
ब्युरोमा जाहेरी परेपछि धनकुटा सहिदभुमी गाँउपालीका वडा नं.२ बस्ने वर्ष ३७ को राईलाई पक्राउ गरेर ब्युरोले अनुसन्धान गरिरहेको छ। राइलाई पक्राउ गरी जिल्ला अदालत काठमाण्डौबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
असार २४, २०७८ बिहीबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।