मुल्यवृद्धि खारेज गर्न विद्यार्थी सङ्गठनले बुझाए ज्ञापन पत्र 

मुल्यवृद्धि खारेज गर्न विद्यार्थी सङ्गठनले बुझाए ज्ञापन पत्र 

लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न विद्यार्थी सङ्गठनहरूले माग गरेका हुन्। 

निगमलाई बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको करको दायरा घटाई जनतालाई सहुलियत दरमा उपलब्ध गराउन भनिएको छ। 

निगमले पछिल्लो पटक मूल्यवृद्धि गरेर पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ, डिजेल र मट्टितेल ११२ रुपैयाँ र खाना पखाउने ग्यास प्रतिसिलिन्डर १४२५ रुपैयाँ कायम गरेको छ। 

मूल्यवृद्धिको विरोधमा विद्यार्थी सङ्गठनले आज देशभर सिट्ठी जुलुस निकाल्ने जनाएका छन्। उनीहरूले मूल्यवृद्धि खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्।

असार २४, २०७८ बिहीबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।