काठमाडौं सहित देशका केही स्थानमा वर्षा 

काठमाडौं सहित देशका केही स्थानमा वर्षा 

विभागका अनुसार काठमाडौं सहित देशका केही स्थानमा पानी परिरहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। 

दिउँसो प्रदेश  १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले निकालेको मौसम बुलेटिनमा उल्लेख छ।

विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन भनेको छ। 

असार २४, २०७८ बिहीबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।