दाहाल र नेपालबीच भेटवार्ता
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ।
एमालेमा पार्टी विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला दुवै नेताबीच कोटेश्वरमा भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले विवादबारे नेता नेपालको धारणा बुझेको माओवादी केन्द्रको सचिवालयले जनाएको छ।
असार २२, २०७८ मंगलबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।