देशभर थप २६३४ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

देशभर थप २६३४ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

काठमाडौं : देशभर थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ७ सय १८ र एन्टिजेन विधिबाट ९ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ५ सय ३ र एन्टिजेन विधिबाट ५ हजार ८२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३९ हजार ९ सय १० छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप १५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको निको हुने दर ९४.६ प्रतिशत छ।

असार २२, २०७८ मंगलबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।