नेपाली सेनाले प्रहरीलाई १० हजार वटा हतियार दिने
काठमाडौँ : नेपाली सेनाले प्रहरीलाई १० हजार थान हतियार दिने भएको छ। सेनाले र मेशिन गनगरी जम्मा १० हजार ८ सय १८ वटा हतियार दिने भएको हो।
प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रमकाबीच विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण भएको थियो।
सेनाले निःशुल्क विभिन्न प्रकारका राइफल र मेशिन गणहरू गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलब्ध गराउँदै छ।
मन्त्रिपरिषद्को २०७८ जेठ १७ को निर्णय अनुसार तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरिएको हो।
नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको थियो।
असार २१, २०७८ सोमबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।