देशभर थप २६२२ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

देशभर थप २६२२ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाडौं : देशभर थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ७ सय ४५ र एन्टिजेन विधिबाट ८ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ७ हजार ४ सय ९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४३ हजार ३ सय ६७ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३८ हजार ९ सय ९४ छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको निको हुने दर ९४.६ प्रतिशत छ।

असार २१, २०७८ सोमबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।