एमिकस क्युरीतर्फकी वरिष्ठ अधिवक्ता मल्लकाे राय– संसद् विघटन सदर गरी चुनावमा जानु उपयुक्त

एमिकस क्युरीतर्फकी वरिष्ठ अधिवक्ता मल्लकाे राय– संसद् विघटन सदर गरी चुनावमा जानु उपयुक्त

काठमाडौं : वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संसद् विघटन सदर गरी चुनावमा जानु उपयुक्त हुने मत राखेकी छन्।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले यस्तो बताएकी हुन्। 

यसअघि एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता राधवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (३) अनुसार नियुक्ति गरिनु नै असंवैधानिक रहेको तर्क गरेका थिए। 

उनीपछि एमिकस क्युरीका दुई जनाको राय बाँकी छ। 

असार २१, २०७८ सोमबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।