प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकतर्फको जवाफी बहस सकियो, एमिकस क्युरीले राय दिँदै
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकतर्फको जवाफी बहस सकिएको छ।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए।
जवाफी बहस सकिएपछि इजलासले एमिकस क्युरीले राय दिँदै छन्।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक राय दिँदै छन्। यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन्।
एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ।
जवाफी बहसअघि रिट निवेदक पक्ष र विपक्षले १५/१५ घण्टा बहस गरेका थिए।
असार २१, २०७८ सोमबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।