चेक अनादर मुद्दामा फरार एक महिला पक्राउ

चेक अनादर मुद्दामा फरार एक महिला पक्राउ

सुर्खेत : दुई वर्ष कैद सजाय तोकिएकी एक महिला पक्राउ परेकी छन्।

सुर्खेत जिल्ला अदालतले गत फागुन २८ गते कैद सजाय तोकिएकी वीरेन्द्रनगर १ धारापानी बस्ने ३२ वर्षीय पार्वती साहीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

चेक अनादर मुद्दामा अदालतले २०७७ फागुन २८ गते २ वर्ष कैद सजायको फैसला गरेको थियो।

शाहीलाई पिसीआर परीक्षण गरेर अदालतमा उपस्थित गराइने प्रवक्ता घर्तीले बताए ।

असार २१, २०७८ सोमबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।