चीनबाट थप भेरोसेल खोप आएपछि निरन्तर खोप अभियान सञ्चालन गर्ने तयारी 

चीनबाट थप भेरोसेल खोप आएपछि निरन्तर खोप अभियान सञ्चालन गर्ने तयारी 

काठमाडौँ : कोरोना भाइरसविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएकालाई भोलि दोस्रो मात्रा दिइने भएको छ।

चीनबाट अनुदानमा पाएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरूलाई मङ्गलवारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो। 

स्वास्थ्य सेवा विभागले भोलिदेखि लगाइने दोस्रो मात्राको खोप सबै प्रदेशमा पठाइसकेको जनाएको छ। अहिले उपलब्ध भण्डारणबाटै दोस्रो मात्राको खोप दिन लागिएको हो। चीनबाट थप भेरोसेल खोप आइसकेपछि निरन्तर खोप अभियान सञ्चालन हुने विभागले जनाएको छ। 

विभागले अब प्राप्त हुने खोप ५५ वर्ष भन्दा माथिकालाई दिने तयारी गरेको छ। यस्तै बाढी पहिरो प्रभावित जिल्लाहरूमा विस्थापित जनसङ्ख्यामध्ये सकेसम्म सबैलाई खोप लगाइदिने तयारी रहेको विभागले जनाएको छ।

स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले हालैको बाढी प्रभावित सिन्धुपाल्चोक र मनाङका विस्थापितहरूलाई तत्कालै खोप लगाइदिन निर्देशन दिएका थिए।

असार २१, २०७८ सोमबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।