माथिल्लो तामाकोसी आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने
काठमाडौँ : माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली आजबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ।
स्वदेशी लगानीको सबैभन्दा ठुलो जलविद्युत आयोजना तामाकोसीको पहिलो युनिट टर्बाइनबाट आजदेखि विद्युत् उत्पादन सुरु भएर राष्ट्रिय प्रणालीमा जोडिने भएको हो।
यो आयोजना १० वर्षअघि निर्माण थालिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो चार बजे बालुवाटारबाटै स्विच थिचेर विद्युत् उत्पादनको उद्घाटन गर्ने छन्।
आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट विद्युत् रहेको छ। आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुनेछ। आयोजनाको दोस्रो युनिट टर्बाइन असार मसान्तभित्रै चलाउने आयोजनाले जनाएको छ।
असार २१, २०७८ सोमबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।