भक्तपुरको सिरुटार चमेली वनमा एक व्यक्ति मृत फेला 

भक्तपुरको सिरुटार चमेली वनमा एक व्यक्ति मृत फेला 

भक्तपुर : भक्तपुरको सुर्यविनायक नगरपालिका सिरुटार चमेली वनमा एक व्यक्ति मृत फेला परेका छन्।

नाम थर वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको अवस्थामा अन्दाजी ४०।४५ वर्षको देखिने पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा हरियो ज्याकेट, सुन्तला रङ्गको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको अवस्थामा शव फेला परेको हो। 

टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार चिलाउनेको हाँगोमा बाँधेको र हाँगो भाँच्चिएर भुईँमा झरेको प्रहरीले जनाएको छ। मृत फेला परेका व्यक्तिको लास पोष्टमार्टमका लागी के.एम.सी. अस्पताल दुवाकोट भक्तपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 

प्रहरी कार्यालय भक्तपुरले उल्लेखित हुलिया भएको मृतकको आफन्तजनहरू हाल सम्म पनि सम्पर्कमा नआएको जनाएको छ। कोही कसैले चिनेमा तुरुन्त सम्पर्क गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ।

असार २१, २०७८ सोमबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।