संसद् विघटन मुद्दा : सभामुखतर्फको बहस सकियो, रिट निवेदकतर्फको जवाफी बहस सुरु
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटातर्फका वकिलको बहस सकिएको छ।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन्।
सभामुखका तर्फको बहस सकिएपछि रिट निवेदकतर्फको जवाफी बहस सुरु भएको छ। रिट निवेदकतर्फको जवाफी बहसमा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ जवाफी बहस गरिरहेका छन्।
असार २०, २०७८ आइतबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।