वरिष्ठ अधिवक्ता न्यौपानेको जिकिर– दलको आधारमा प्रधानमन्त्री नियुक्ति हुने भए धारा ७६ (५) को औचित्य नै छैन

वरिष्ठ अधिवक्ता न्यौपानेको जिकिर– दलको आधारमा प्रधानमन्त्री नियुक्ति हुने भए धारा ७६ (५) को औचित्य नै छैन

काठमाडौं : वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले दलको आधारमा प्रधानमन्त्री नियुक्ति हुने भए धारा ७६ (५) को औचित्य नै नरहेको जिकिर गरेका छन्। 

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन्। 

‘यदि धारा ७६ (५) मा पनि दलकै आधारमा नियुक्ति हुने हो भने त यो धाराको औचित्यै रहन्न। ७६ (३) को प्रयास असफल भएपछि ७६ (५) तिर जादैन फेरि ७६ (२) तिर उक्लन्छ,’ उनले भने। 

यसअघि सरकारी पक्षका बहसकर्ताले धारा ७६ (५) मा दलको ह्विप लाग्ने जिकिर गरेका थिए। 

वरिष्ठ अधिवक्ता न्यौपानेले अहिलेको अवश्थामा धारा ७६ (५) बमोजिम सांसदले प्रधानमन्त्री नियुक्तिमा आफ्नो विवेक प्रयोग गर्न पाउने दाबी गरे। 

असार २०, २०७८ आइतबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।