विकल्प नखोजी संसद् विघटन गरिएकाले पुनःस्थापना हुनुपर्छ : अधिवक्ता सुवेदी 

विकल्प नखोजी संसद् विघटन गरिएकाले पुनःस्थापना हुनुपर्छ : अधिवक्ता सुवेदी 

काठमाडौं : अधिवक्ता श्रीकृष्ण सुवेदीले विकल्पको खोजी नगरी संसद् विघटन गरिएको भन्दै त्यसको पुनःस्थापना हुनुपर्ने तर्क गरेका छन्। 

सर्वाेच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन्। 

‘यही सम्मानित अदालतबाट विकल्प रहेसम्म संसद् विघटन हुन सक्दैन भनिएको छ। तर, विकल्पको खोजी भएको देखिँदैन,’ उनले भने, ‘त्यसैले सम्मानित अदालतबाट पुनःस्थापनाको फैसला जारी हुनुपर्छ।’

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् जोगाउने भन्दा विघटन गर्नेतिर लागेको आरोप लगाए। 

‘गिरिजाबाबु र प्रचण्डले नैतिकताका आधारमा  प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। तर, प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि उहाँ (केपी ओली)ले पदबाट राजीनामा दिनुपर्थ्यो, तर दिनुभएन,’ उनले भने।
 

असार २०, २०७८ आइतबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।