संसद् विघटन मुद्दा : सभामुखका वकिलको बहस सुरु, दुई घण्टा बहस गर्न पाउने

संसद् विघटन मुद्दा : सभामुखका वकिलको बहस सुरु, दुई घण्टा बहस गर्न पाउने

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आजबाट सभामुख अग्निप्रसाद सापकोटाका वकिलको बहस सुरु भएको छ। 

विपक्षी गठबन्धनका १ सय ४६ सांसदले दायर गरेको संसद् विघटन मुद्दाका विपक्षी सभामुख सापकोटाका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले २ घण्टाको समय तोकेको छ। 

सभामुखको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस थालेका छन्। 

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने छन्।

यसअघि गत शुक्रबार उक्त मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीका वकिलले बहस सकेका थिए। 

असार २०, २०७८ आइतबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।