नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, चार वटा डाेजर लगाएर पहिराे पन्छाइँदै
काठमाडौं : पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड फेरि सडक अवरुद्ध भएको छ।
चितवनकाे भरतपुर महानगरपालिका–२९, सेती दोभानमा शनिबार राति पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो।
शनिबार राति १० बजे खसेकाे पहिराेले दुईतर्फी सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। प्रहरीका अनुसार अहिले चार वटा डोजरको सहायताले उक्त सडकखण्डकाे पहिराे पन्छाइन थालिएको छ। पहिरो पन्छाउन थालिएकाले केही समयमै सडक खुल्ने प्रहरीले जनाएकाे छ।
यसअघि शुक्रबार राति परेकाे पहिराेले अवरुद्ध भएकाे सडक शनिबार बिहान खुलेको थियो।
असार २०, २०७८ आइतबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।