डेनमार्क र इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा
काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलमा डेनमार्क र इंग्ल्यान्ड सेमिफाइनलमा पुगेका छन्।
अजरबैजानको बाकु ओलम्पिक मैदानमा हिजो राति भएको पहिलो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले हराउँदै डेनमार्कले अन्तिम चारको यात्रा तय गर्याे।
यस्तै, इटालीको ओलम्पिको इन रोम मैदानमा प्रतियोगिताको आज बिहान सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनायो। यससँगै प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ।
यसअघि इटाली र स्पेनले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाइसकेका छन्।
सेमिफाइनल खेल आगामी बुधबार र बिहीबार इंग्ल्यान्डको वेम्बली रंगशालामा हुने छन्।
बुधबार हुने पहिलो सेमिफाइनलमा स्पेन र इटाली आमनेसामने हुने छन्। यस्तै, बिहीबार हुने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्ड प्रतिष्पर्धा गर्ने छन्।
असार २०, २०७८ आइतबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।