स्मार्ट टेलिकमको नयाँ अफर : कल गर्दा २ मिनेटसम्मको मात्रै ब्यालेन्स काटिने, त्यसपछि फ्री

स्मार्ट टेलिकमको नयाँ अफर : कल गर्दा २ मिनेटसम्मको मात्रै ब्यालेन्स काटिने, त्यसपछि फ्री

काठमाडौं : स्मार्ट टेलिकमले ‘दुईपछि फ्री’ अफर ल्याएको छ। अफरअन्तर्गत स्मार्ट सेल नेटवर्कमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ। त्यसपछि निःशुल्करूपमा अनलिमिटेड कुराकानी गर्न सकिने स्मार्ट टेलिकमले जनाएको छ।

यस अफरले लकडाउनको कठिन परिस्थितिमा आफ्ना प्रयोगकर्तामा उत्साह र उमंग आउने विश्वास लिएको स्मार्ट टेलिकमले जनाएको छ।

साथै यस अफरले आफ्ना प्रयोगकर्ताको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्ने र आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँच अझ सहज हुने स्मार्ट टेलिकमको विश्वास छ।

यस अफर प्रयोग गर्न प्रयोगकर्ताले *१४१*१*५*१३# डायल गर्नुपर्ने स्मार्ट टेलिकमले जनाएकाे छ। 

असार १९, २०७८ शनिबार २३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।