युरो कप क्वाटरफाइनल : चेक रिपब्लिक र डेनमार्क आज भिड्दै, इंग्ल्याण्ड र युक्रेन खेल भाेलि बिहान

युरो कप क्वाटरफाइनल : चेक रिपब्लिक र डेनमार्क आज भिड्दै, इंग्ल्याण्ड र युक्रेन खेल भाेलि बिहान

काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलको तेस्रो क्वाटरफाइनलमा आज चेक रिपब्लिक र डेनमार्क प्रतिष्पर्धा गर्दै छन्। 

अजरबैजानको बाकु ओलम्पिक मैदानमा नेपाली समय अनुसार आज राति ९ः४५ बजे खेल सुरु हुनेछ। 

यी दुई टोलीबीच हेड टु हेड नतिजाका आधारमा भने चेक रिपब्लिक अगाडि छ।

यी दुई टोलीबीच भएको ११ खेलमध्ये चेक रिपब्लिकले ३ जितेको छ। डेनमार्कको पक्षमा २ खेल नतिजा मात्रै देखिन्छ। ६ खेल भने बराबरीमा टुंगिएका छन्। 

यस्तै, भोलि इंग्ल्याण्ड र युक्रेन प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आमनेसामने हुँदैछन्। इटालीको ओलम्पिको इन रोम मैदानमा खेल भोलि बिहान १२ः४५ बजे खेल सुरु हुँदैछ। 

यसअघि पहिलो र दोस्रो क्वाटरफाइनलबाट क्रमशः स्पेन र इटाली सेमिफाइनलमा पुगिसकेका छन्। 

पहिलो क्वाटरफाइनलमा स्पेनले स्विजरल्याण्डलाई टाइ–ब्रेकरमा ३–१ ले पराजित गरेको थियो। दोस्रो क्वाटरफाइनलमा भने इटालीले बेल्जियमलाई २–१ ले हराएको थियो। 

 

असार १९, २०७८ शनिबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।