देशभर थप २३२८ जनामा कोरोना संक्रमण, ३०६६ निको भए
काठमाडौं : देशभर थप २ हजार ३ सय २८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ५ सय २७ र एन्टिजेन विधिबाट ८ सय १ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ५ हजार ८ सय ३७ र एन्टिजेन विधिबाट ४ हजार २ सय ९६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४३ हजार ५ सय ८० पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३७ हजार ५ सय ५६ छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ सय पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको निको हुने दर ९४.३ प्रतिशत छ।
असार १९, २०७८ शनिबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।