अवरुद्ध वि.पी.राजमार्ग एकतर्फी सञ्चालनमा 

अवरुद्ध वि.पी.राजमार्ग एकतर्फी सञ्चालनमा 
फाइल तस्बिर

काठमाडौं : बाढी पहिरोले १७ घण्टादेखि अवरुद्ध पूर्व पश्चिम महेन्द्र राजमार्गमा गाडी चल्न थालेका छन्।

नवलपुरको गैँडाकोट धुम्सीमा अवरुद्ध भएको सडकखण्ड अहिले दुवैतर्फ सुचारु भएको सडक विभागले जनाएको छ। 

यस्तै वि.पी. राजमार्गको काभ्रेको माम्ति खोला र सिन्धुलीको कमेरे फाटमा बिहानदेखि अवरुद्ध सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ। 

निरन्तर परिरहेको पानीले पहिरो खस्दा देशभरका १६ वटा सडक अवरुद्ध भएका छन्। ५७ सडकखण्ड एकतर्फी चालु रहेका छन्। बाढी, पहिरो तथा अन्य कारणबाट राष्ट्रिय राजमार्गमा अवरोध भएको विभागले जनाएको छ। 

अरनिको राजमार्गको सिन्धुपाल्चोक ड्याम साइटमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ भने सिन्धुपाल्चोककै लिपिंगमा सडक अवरुद्ध नै रहेको विभागले जनाएको छ। डुम्रे बेशीसहर चामे सडकखण्डको ६ ठाउँमा आएको अवरोध हटाउने प्रयास भइरहेको विभागले जनाएको छ।

असार १९, २०७८ शनिबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।