चन्द्रागिरिमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रदर्शन 

चन्द्रागिरिमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रदर्शन 

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन्। नेकपा एमालेका नेताहरूलाई मिल्न दबाब दिँदै शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रदर्शन गरेका हुन्। 

प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरूले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन्। ‘सिङ्गो एमाले हाम्रो चाहना, जनताको बहुदलीय जनवाद जिन्दाबाद’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एक ढिक्का बनाउन अव मुलुकभरिबाट दबाब दिनुपर्ने धारणा राखेका छन्। उनीहरूले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगायतका नेताहरू एक भएर अघि बढ्नुपर्ने बताए। 

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिधिहरू एमालेलाई एक ढिक्का बनाउनका लागि दबाबमूलक कार्यक्रममा उत्रिएको बताए। उनीहरूले एमालेलाई एकताबद्ध बनाउनका लागि हर सम्भव दबाब दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन्।

असार १९, २०७८ शनिबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।