धादिङ र गोरखामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

धादिङ र गोरखामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु
फाइल तस्बिर

काठमाडौं : धादिङ र गोरखामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ।

धादिङ बेनीघाटको जवाङ खोलामा २ जना र गोरखाको सिरानचोकमा २ जना गरी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ६ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जवाङ खोलामा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर पुरिँदा सोनी देवी र बिरबल प्रजाको मृत्यु भएको हो।

यस्तै पहिरोले घर पुरिँदा गोरखाको सिरानचोकमा रमन पाण्डे र  नन्दकुमारी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

असार १९, २०७८ शनिबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।