काँग्रेस क्रियाशील सदस्यको नामावलीमा भोलिसम्म सुझाव पठाइसक्नु पर्ने  

काँग्रेस क्रियाशील सदस्यको नामावलीमा भोलिसम्म सुझाव पठाइसक्नु पर्ने  

काठमाडौं : नेपाली काँग्रेसले बर्दिया र सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।

काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नयाँ र नविकरणतर्फको नामावली वेभसाईडमा सार्वजनिक गरेको हो। 

समितिले सार्वजनिक गरिएका नामावली उपर, कुनै उजुरी, गुनासा वा सुझाव भए समितिमा पठाउन असार २० गतेसम्मको समय दिएको छ। 

प्रस्तावित नामावलीमा कुनै त्रुटि भए वा छुट भए नवीकरणको हकमा जिल्ला कार्यसमिति र नयाँको हकमा क्षेत्रीय कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटि सच्याई दिनका लागि वा छुट नाम समावेश गरिदिन २० गते भित्रनै लेखी पठाउनु पर्ने जनाएको छ। 

समितिले प्रस्तावित नामावलीको छानबिन गर्ने र रुजु गर्ने काम गरिरहेको जनाएको छ। 

असार १९, २०७८ शनिबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।