आफ्नै छोरीलाई बाल यौन दुरुपयोग गर्ने बाबु पक्राउ
भक्तपुर : भक्तपुर सुडालका १५ वर्ष की छोरीको किटानी जाहेरीका आधारमा ३१ वर्षका बाबु पक्राउ परेका छन्।
घरमा कोही नभएको मौका पारी चाँगुनारायण नगरपालिका सुडालमा आफ्नै बाबुले संवेदनशील अङ्गमा छुने, समाउने कार्य गरेको उजुरीका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा संरक्षकको रोहवरमा बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त परेकाले पक्राउ गरेर ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
पक्राउ परेका बाबुको तस्बिर सार्वजनिक गरेको प्रहरीले नाम भने खुलाएको छैन।
असार १९, २०७८ शनिबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।