बाढी पहिरोका कारण देशभरका १७ सडक अवरुद्ध

बाढी पहिरोका कारण देशभरका १७ सडक अवरुद्ध

काठमाडौं : निरन्तर परिरहेको पानीले पहिरो खस्दा देशभरका १७ सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।

१०१ वटा सडकमध्ये १७ सडकखण्डमा यातायात सञ्चालनमा बाधा पुगेको विभागले जनाएको हो। 

५५ सडकखण्ड एकतर्फी चालु रहेका छन् भने २९ वटा सडकमा निर्बाध यातायात सञ्चालन भइरहेका छन्। बाढी, पहिरो तथा अन्य कारणबाट राष्ट्रिय राजमार्गमा अवरोध भएको विभागले जनाएको छ। 

डुम्रे बेशीसहर चामे, अरनिको राजमार्ग, ठोरी भन्डारा मलेखु, गल्छी त्रिशूली बेत्रावती मैलुङ स्याफ्रुवेसी रसुवागढी, काठमाडौं धुलिखेल दोलालघाट खाडीचौर कोदारी सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ। 

यस्तै पूर्व पश्चिम महेन्द्र राजमार्ग, कान्ति राजपथको हेटौडा बागमती टिकाभैरव भैसेपाटी एकान्तकुना सडकखण्ड पनि अवरुद्ध भएको छ। यस्तै वि.पी. राजमार्गको काभ्रेको माम्ति खोला र सिन्धुलीको कमेरे फाटमा सडक अवरुद्ध भएको विभागले जनाएको छ। 

असार १९, २०७८ शनिबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।