टिपर टहरामा खस्दा सुतिरहेका श्रीमान् श्रीमतीको मृत्यु
काठमाडौं : काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर अस्थायी टहरामा पल्टिँदा दुई जनाको मृत्यु भएको छ।
बा ५ ख २५११ नम्बरको टिपर बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङको मृत्यु भएको हो। प्रहरीलाई ढिलो खबर आएकाले दुई घण्टापछि मात्रै मृतकको शव निकालेको बौद्ध प्रहरीले जनाएको छ।
मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा आफै अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले बताएका प्रहरीले जनाएको छ।
असार १९, २०७८ शनिबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।