देशभर हल्का देखि मध्यम वर्षा, केही स्थानमा ठुलो पानी पर्ने  

देशभर हल्का देखि मध्यम वर्षा, केही स्थानमा ठुलो पानी पर्ने  

काठमाडौं : प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा अहिले पानी परिरहेको छ। 

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले अनुमान गरेको छ। प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन भनेको छ। 

उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

असार १९, २०७८ शनिबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।