सरकार–साइनोफार्मबीच सम्झौता, अब असार २४ बाट कोरोनाविरुद्धको खोप नियमित आउने

सरकार–साइनोफार्मबीच सम्झौता, अब असार २४ बाट कोरोनाविरुद्धको खोप नियमित आउने

काठमाडौं : नेपालले चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग कोरोना भाइरस संक्रमणविरुद्धको खोप किन्ने सम्झौता गरेको छ। 

सम्झौता अनुसार आगामी असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले भेेरोसेल खोप ल्याउने भएको हो। खोो खरिद संख्या र परिणाम भने खुुलाइएको छैन।

खोप लिनका लागि नेपाल वायुसेवा निगमको जहाज आइतबार चीन जाँदैछ।  

असार २४ पछि साप्ताहिकरूपमा विभिन्न चरणमा खोप आपूर्ति हुने स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एमाले बैठकमा कोरोनाविरुद्धको खोपको चाहिए जति आउने बताएका थिए। 

अहिलेसम्म देशभर २५ लाख ७४ हजार ७ सय १५ जनालाई कोरोना खोपको पहिलो मात्रा र ७ लाख ५७ हजार ३ सय ८० जनालाई खोपको दोस्रो मात्रा लगाइएको मन्त्रालयले जनाएको छ। 
 

असार १८, २०७८ शुक्रबार २२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।